काठमाडौं–८ प्रतिनिधि सभा सदस्यबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सुमन सायमीले आफू पदमा हुँदाको ५ वर्ष कुनै सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।
नेपालखबरसँग कुरा गर्दै सायमीले आफू निर्वाचित भएको खण्डमा आगामी ५ वर्षसम्म कुनै सेवा सुविधा नलिने घोषणा गरेका हुन्।
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार थिए। सायमीले १३ हजार ७ सय ७० मत ल्याएका थिए।
गत बिहीबार १६ (भदौ) मा ललितपुरको सानेपामा एक कार्यक्रम आयोजना गर्दै सायमीको संयोजगत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा भएको छ।
साही दिन प्रदेशसभा र प्रतिनिधसभा सदस्यका लागि १० जनाले उम्मेदवारी समेत घोषणा गरेका थिए।
विजयी उम्मेदवार बालेन्द्रको राम्रो पकड भएको महानगरको क्षेत्रमध्ये काठमाडौं ८ पनि एक हो।
स्थानीय तह निर्वाचनमा बालेन्द्रले यो क्षेत्रमा पर्ने वडाहरूबाट ६ हजार १४५ मत पाएका थिए।
Shares
प्रतिक्रिया