ad ad

राजनीति


भारतीय सेना प्रमुख पाँडे र नेपाली सेनाका प्रमुख शर्माबीच भेटवार्ता

भारतीय सेना प्रमुख पाँडे र नेपाली सेनाका प्रमुख शर्माबीच भेटवार्ता

नेपाली सेनाका प्रधानसेनापति जनरल प्रभु राम शर्मासँग भारतीय सेनाका प्रधानसेनापति जनरल मनोज पाण्डेले सोमबार बिहान जंगअड्डामा भेटवार्ता।


नेपालखबर
भदौ २०, २०७९ सोमबार ११:४७, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रधानसेनापति जनरल मनोज पाँडे र नेपाली सेनाका प्रधानसेनापति जनरल प्रभुराम शर्माबीच भेटवार्ता भएको छ। 

सोमबार बिहान सैनिक मुख्यालयमा जंगअड्डामा उनीहरुबीच भेटवार्ता भएको हो।

जङ्गी अड्डामा आयोजित समारोहमा पाँडेलाई सम्मान गारत अर्पण गरिएको थियो।

सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे। यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .