ad ad

राजनीति


महेश बस्नेत भक्तपुर क्षेत्र नं २ बाट सर्वसम्मत सिफारिस

महेश बस्नेत भक्तपुर क्षेत्र नं २ बाट सर्वसम्मत सिफारिस

नेपालखबर
भदौ २१, २०७९ मंगलबार ६:४६, काठमाडौँ

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ। 

प्रतिनिधि सभा सदस्य बस्नेत आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए। 

उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि सोमबार बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मत रूपमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरूले जानकारी दिए। 

नेता बस्नेतले ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई हराएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .