सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बिहान ९ बजेदेखि बालुवाटारमा बैठक जारी रहेको एक सदस्यले जानकारी दिए।
जारी बैठकमा शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु पनि सहभागी छन्। सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बनिरहेको बेला पटक पटक नेताहरु छलफलमा जुटिरहेका हुन्।
एक नेताका अनुसार गठबन्धनमै नबस्ने अडानमा रहेका जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवसमेत मिलेर जान तयार भएपछि शीर्ष नेताहरुले सिट संख्या समझदारी बनाएका हुन्।
तर, त्यो सहमति दशैँ पछिमात्र सार्वजनिक गर्ने तयारी छ।
एक महिना लामो छलफल र विभिन्न मोडालिटी बनाएको कार्यदलले २३ भदौमा गठबन्धनका शीर्ष नेतालाई रिपोर्ट बुझाएको थियो।
सोही अपुरो रिपोर्टको बारेमा गठबन्धनमा छलफल जारी छ।
171
Shares
प्रतिक्रिया