महाअभियोग सिफारिस समितिमा उपस्थित सात जना वकिलले चार घण्टाभन्दा बढी समय बयान दिएका छन्।
बिहीबार दिउँसो ३ः३० देखि सुरु भएको बयान साँझ ७ः४० बजे सकिएको हो।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा विभिन्न कानुन व्यवसायीहरुलाई आरोपित गरेपछि समितिले उनीहरुलाई बयानका लागि बोलाएको थियो।
नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्वमहासचिव लीलामणि पौडेल, वर्तमान अध्यक्ष गोपाल कृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, ओमप्रकाश अर्याललगायत पुगेका थिए।
त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, ज्येष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी पनि समितिमा पुगेका थिए।
51
Shares
प्रतिक्रिया