संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हल शिलान्यास गरेका छन्।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलको शनिबार काठमाडौं–१५ स्थित डल्लु आवास क्षेत्रमा शिलान्यास गरेका हुन्।
साढे ४ करोड लागतमा बन्ने कभर्ड हलमा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु संचालन गर्न सकिने मन्त्री श्रेष्ठले बताए।
बहुउद्देश्यीय कभर्डहल ६ रोपनी जग्गामा निर्माण हुनेछ। कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस खेलका साथै ध्यान, योग, सेमिनार जस्ता कार्यक्रम सञ्चालन गर्न समेत सकिनेछ। स्थानीय स्तरमा खेलाडी उत्पादनमा पनि कभर्डहल सहयोगीसिद्ध हुने मन्त्री श्रेष्ठले बताए।
कभर्ड हल नौ महिनाभित्र सम्पन्न हुनेछ।
Shares
प्रतिक्रिया