दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सुरु भएको छ।
डेढ साताअघि एलिजाबेथको बेलायतको बालमोरलमा निधन भएको थियो। उनले बेलायतमा सात दशक शासन गरेकी थिइन्।
नेपाल र नेपाली जनताको तर्फबाट उनलाई अन्तिम श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री नारायण खड्का बेलायत पुगेका छन्। विश्वका विभिन्न देशका शीर्ष नेता अहिले उनलाई श्रद्धाञ्जलि दिन बेलायत पुगेका छन्।
महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनपछि जेठा छोरा चार्ल्स तृतीय राजा बनेका छन्।
भिडिओ स्रोत : रोयल फेमिली युके
असोज ३, २०७९ सोमबार १५:१७
प्रतिक्रिया