राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिलाई जोडेर विभिन्न भ्रामक समाचार सम्प्रेषण गरिएको जनाएको छ।
सोमबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति कार्यालयले राष्ट्रपतिको कार्यालयबाट भए गरेका कामकारबाही नियमित रूपमा विज्ञप्ति मार्फत जानकारी गराउँदै आएको जनाएको छ।
यस कार्यालय र सम्माननीय राष्ट्रपतिज्यूलाई जोडेर विभिन्न किसिमका भ्रामक समाचारहरू प्रकाशन भई रहेको देखिएको हुँदा आधिकारीक व्यक्तिसँग बुझी यथार्थ समाचार प्रकाशन र प्रसारण गरिदिनुहुन अनुरोध छ’ प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक राष्ट्रपतिले अड्काएर राखेको भन्दै विभिन्न आशंका जन्मिरहेका बेला राष्ट्रपति कार्यालयबाट यस्तो धारणा आएको हो।
282
Shares
प्रतिक्रिया