निर्वाचन आयोगमा सोमबार साँझसम्म प्रतिनिधिसभाका लागि ११ र प्रदेशका लागि ४० दलले समानुपातिकतर्फको बन्दसूची दर्ता गराएका छन् । ठूूला राजनीतिक दलले रातिसम्म बन्दसूची दर्ता गरिरहेका छन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार साँझ ७ बजेसम्म संघमा ११ दलले बन्दसूची पेश गरिसकेको र अन्य दलले पेश गर्न क्रम जारी रहेको छ ।
बन्दसूची दर्ताका लागि निर्वाचन आयोग पुगेका राप्रपा नेता मोहन श्रेष्ठले राति साढे ८ बजेतिर भने, ‘अहिले पनि आयोगमा भिभड छ । हामी नामहरु रुजु गराइरहेका छौं, यहाँ पार्टीहरुको भीड लागेको छ ।’
आयोगले दिएको पछिल्लो जानकारी अनुसार प्रतिनिधिसभाको बन्दसूची दर्ता गराइसकेका दलहरुमा नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्कि पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाम मोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, मितेरी पार्टी, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समावेशी पार्टी लगायत छन् ।
पार्टीले बुझाएको बन्दसूची असोज १६ भित्र हेरफेर गर्न मिल्छ? के भन्छ निर्वाचन आयोग?
प्रदेशतर्फ प्रदेश १ मा ७ वटा पार्टीले बन्दसूची दर्ता गराएका छन् भने मधेसमा मधेसमा ६, वागमतीमा ७ र गण्डकीमा ५ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।
त्यस्तै लुम्बिनीमा ४, कर्णालीमा ४ र सुदुरपश्चिम प्रदेशसभाका लागि ७ वटा दलले बन्दसूची बुझाएका छन् ।
Shares
प्रतिक्रिया