ad ad

राजनीति


अंग्रेजी सिकाउने नाममा नेपाली भाषालाई कमजोर बनाउनु हुँदैनः शिक्षामन्त्री

अंग्रेजी सिकाउने नाममा नेपाली भाषालाई कमजोर बनाउनु हुँदैनः शिक्षामन्त्री

नेपालखबर
मंसिर २८, २०७६ शनिबार ६:१२,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अंग्रेजी सिकाउने नाममा नेपाली भाषालाई कमजोर बनाउन नहुने धारणा राखेका छन्।

प्रेस सङ्गठन नेपाल मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने काम कही कतैबाट हुन नहुने बताए।

उनले सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको बताउँदै नेपालमा पहिलोपटक शिक्षा नीति बनाएर शिक्षा विधेयक ल्याउन लागेको जानकारी दिए।

मन्त्री पोखरेलले सबै नागरिकलाई सीप सिकाउने तवरले कार्यक्रम ल्याउन लागेको चर्चा गर्दै शिक्षकले आफ्नो सक्षमताको विकास गरेर सीपमूलक ज्ञान प्रवाह गर्नुपर्ने बताए। उनले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राख्दै सरकारले १० वर्षमा शैक्षिक क्षेत्रमा सुधार ल्याइसक्ने दाबी गरे। उनले देशभरमा सरकारले पाँच हजार शिक्षक भर्ना गर्ने तयारी गरिरहेको जानकारी समेत दिए।

‘सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधान गर्न तीनै तहका सरकारको भूमिका अग्रणी छ’, मन्त्री पोखरेले भने, ‘दिगो विकासको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको सवलीकरण आवश्यक छ।’ उनले बुद्ध, सगरमाथा र पूर्वीय दर्शन बुझ्न र बुझाउन पनि शिक्षा नै माध्यम हुने उल्लेख गर्दै विसं २०८५ सम्ममा सबै नागरिकले आधारभूत शिक्षा लिइसक्ने गरी सरकार तयारीमा जुटेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .