ad ad

राजनीति


एमालेमा प्रवेश गरेको १४ दिनमै सर्वेन्द्र खनाललाई सांसदको टिकट

एमालेमा प्रवेश गरेको १४ दिनमै सर्वेन्द्र खनाललाई सांसदको टिकट

फाइल फोटो


नेपालखबर
असोज २१, २०७९ शुक्रबार २१:१८, काठमाडौँ

पूर्वआइजीपी सर्वेन्द्र खनाललाई नेकपा एमालेले प्रतिनिधिसभाको टिकट दिएको छ।

खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा औपचारिक रुपमा प्रवेश गरेको १४ दिनमै संघीय संसदको टिकट दिएका हुन्।

ओलीले खनाललाई काठमाडौं क्षेत्र नम्बर ६ बाट संघीय संसदमा उठ्न टिकट थमाइदिएका हुन्।

नेपाल प्रहरीबाट अवकाश पाएदेखि नै एमाले नेताहरुसँग बाक्लो उठबसमा रहेका खनाल गत असोज ६ गते एमालेमा प्रवेश गरेका थिए।

उनी खासगरी एमाले नेता महेश बस्नेतसहितको उठबसमा थिए। खनाल यसअघि गृहजिल्ला तनहुँबाट राजनीतिमा सक्रिय हुने तयारीमा थिए।

तर उनलाई एमालेले काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनावी मैदानमा उतारेको हो। खनालको पारिवारिक पृष्ठभूमि नेपाली कांग्रेसनिकट हो। 

प्रहरीमा छँदा उनी कांग्रेस नेताहरुसँग नजिक थिए। कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि उनको निकटता थियो। 

एमाले नेता बस्नेत र तत्कालीन एमाले सांसद किसान श्रेष्ठसँग उनको विशेष निकटता थियो। 

बस्नेत र श्रेष्ठसँगै महोत्तरी गएर तत्कालीन सांसद डा.सुरेन्द्र यादवलाई मनाएर संघीय समाजवादी पार्टी फुटाउन खोज्दा विवाद भएको थियो। 

खनालले टिकट पाएको काठमाडौं ६ बाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका थिए।

उनले तत्कालीन अवस्थामा एमालेको साथ पाएका वाम गठबन्धनबाट उम्मेदवार माओवादीका झक्कु सुवेदीलाई पराजित गरेका थिए।

प्रधानले १६ हजार ७८५ मत ल्याउँदा झक्कुले १५ हजार ४८५ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .