ad ad

राजनीति


गठबन्धनको सिट बाँडफाँट : कांग्रेस ८४, माओवादी ४७, एकीकृत समाजवादी २०, लोसपा ८

जसपाले छाडेर जाँदा लोसपाको इन्ट्री, चार सिट मिल्न बाँकी
गठबन्धनको सिट बाँडफाँट : कांग्रेस ८४, माओवादी ४७, एकीकृत समाजवादी २०, लोसपा ८

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०७९ शुक्रबार २२:४७, काठमाडौँ

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभातर्फको १६१ सिटको भागवण्डा मिलाएका छन्। बाँकी ४ सिटमा विवाद कायमै रहेकाले मिलाउन छलफल जारी रहेको एक नेताले बताए।

शुक्रबार दिनभर बालुवाटारमा बसेको सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादीसमेतको बैठकले संघीय संसदतर्फको सिट भागवण्डा मिलाएको हो। 

जसअनुसार गठबन्धनको ठूलो दल कांग्रेसले ८४ सिट लिने भएको छ। दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको भागमा ४७ सिट परेको छ।

माधवकुमार नेपाल नेतृत्व गरेको एकीकृत समाजवादीलाई २० सिट मिलेको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले २ सिट लिने भएको छ।

अर्कातिर जनता समाजवादी पार्टी बाहिरिएपछि गठबन्धनमा भित्रिएको लोकतान्त्रिक समाजवादी पार्टीलाई ८ सिट दिने समझदारी भएको छ।

गठबन्धन छाडेको जसपाले एमालेसँगको तालमेलबाट २५ सिट लिने भएको छ। लोसपाले एमालेसँग १० सिट मागेको थियो। तर एमाले पाँच सिट मात्रै दिन तयार भएको थियो।

यस्तोमा गठबन्धन छाडेका उपेन्द्र यादवले बालकोटको बाटो तताउँदा महन्थ ठाकुरका लागि बालुवाटारको ढोका खुलेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .