ad ad

राजनीति


भीम रावलले टिकट नपाएपछि क्षेत्रीय संयोजकले राजीनामा दिए

भीम रावलले टिकट नपाएपछि क्षेत्रीय संयोजकले राजीनामा दिए

नेपालखबर
असोज २२, २०७९ शनिबार ११:१४, कञ्चनपुर

नेकपा (एमाले) ले अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन्।

अछाम जिल्ला कमिटीलाई दिएको राजीनामा पत्रमा उनले जिल्ला इन्चार्ज झपट बोहराकै प्रमुख आतिथ्यतामा भएको बैठकले सर्वसम्मत रुपमा रावलको एकल नाम सिफारिस गरेको थियो।

तर केन्द्रले अर्कैलाई टिकट दिएपछि नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने शाहले उल्लेख गरेका छन्।

रावलको नाम काटेर एमालेले क्षेत्र नं.१ मा सुदूरपश्चिमका पूर्व आर्थिक मामिलामन्त्री झपट बोहरालाई टिकट दिएको छ। त्यसले एमाले अछाममा असन्तुष्टि चुलिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .