ad ad

राजनीति


राजेन्द्र लिङदेनलाई ‘महाचोर’ को संज्ञा दिँदै यमबुद्धका बुवाले राप्रपा छाडे

राजेन्द्र लिङदेनलाई ‘महाचोर’ को संज्ञा दिँदै यमबुद्धका बुवाले राप्रपा छाडे

नेपालखबर
असोज २२, २०७९ शनिबार १८:४९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य अम्बिकाप्रसाद अधिकारी (मोरङ) शनिबार राजेन्द्र लिङदेनको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट राजीनामा दिएका छन् । अधिकारी चर्चित र्याप गायक यमबुद्धका बुवा हुन् ।

राप्रपाले एमालेसँग चुनावी गठठबन्धन गरेकोमा अधिकारीले असन्तुष्टि प्रकट गरेका छन् । पार्टी परित्यागसम्बन्धी विज्ञप्ति जारी गर्दै अधिकारीले भनेका छन्,‘आफूलाई राजावादी भन्ने तर राजाको प्रखर विरवोधीसँग गठवन्धन गर्ने, संघीयताको बिरोध गर्ने तर त्यही चुनाववमा भाग लिने, नेता आउँदा चोर आयो भन्छन् भन्ने तर तिनीहरुसँगै साँठगाँठ गर्ने नेतालाई आखिर महाचोर भन्न मिल्दैन र?’

नीति र सिद्धान्तकै कारणले पार्टीमा लागेका हजारौं नेता कार्यकर्ताहरुको भावना विपरीत मुखले एउटा कुरा अनि व्यवहारमा अर्को कार्य भइरहेको अधिकारीको गुनासो छ ।

राप्रपा नेता अधिकारीले विज्ञप्तिमा भनेका छन्, ‘महाधिवेशनमा चुनाव जितेका नेताहरुलाई पाखा लगाउँदै चुनाव हारेका टिके ढोके हुक्के तथा नातागोताका व्यक्तिहरुलाई पार्टीका उच्च पदहरुमा मनोनित गरेर लोकप्रिय नेता कार्यकर्ताहरुको आत्मसम्मान गिराउने काम भएको छ । जनताका लागि केही नगर्ने, पद प्राप्तिका लागि जस्तोसुकै सम्झौता पनि गर्ने प्रवृत्तिले प्रश्रय पाएका कारण एउटा स्वाभिमानी कार्यकर्ताको हैसियतले यस्तो दोचारे नेतृत्वमुनि बसिरहन उपयुुक्त नठानी केन्द्रीय सदस्य लगायत  साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको हुंँ ।’

त्यसैगरी गायक सञ्जय श्रेष्ठले पनि राजेन्द्र लिङदेनको विरोध गर्दै राप्रपा छाडेको घोषणा गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .