ad ad

राजनीति


खिमलाल उठ्न खोजेको रुपन्देही ५ मा वासुलाई एमालेको टिकट

खिमलाल उठ्न खोजेको रुपन्देही ५ मा वासुलाई एमालेको टिकट

नेपालखबर
असोज २२, २०७९ शनिबार १९:४६, रुपन्देही

रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको लागि नेकपा एमालेले तिलोत्तमा नगरपालिकाका पूर्व मेयर वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ। 

घिमिरे अहिले एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य छन्।

उनको नाम घनश्याम भुसालसँगै रुपन्देही ३ बाट सिफारिस भएको थियो । तर ३ मा राप्रपासँग तालमेल गर्ने भएपछि दुवै नेताले टिकट पाएनन्। 

टिकट नपाएपछि भुसालले एमाले छोडेका छन्। यता घिमिरेलाई जिल्लाको पश्चिमी क्षेत्रस्थित रुपन्देही ५ बाट उम्मेदवार बन्ने टुंगो लागेको हो।

५ नम्बर क्षेत्रमा एमालेबाट उम्मेदवारका लागि राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्राईको एकल सिफारिस भएको थियो।

भट्टराईलाई कार्यकाल बाँकी रहेकाले राष्ट्रिय सभामै राखेर तिलोत्तमाका पूर्व मेयर घिमिरेलाई टिकट दिन लागिएको हो। 

पाँच वर्षअघिको चुनावमा यो क्षेत्रमा कांग्रेसका भरतकुमार शाह विजयी भएका थिए। अहिले पनि गठबन्धनको बलसहित उनै उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .