ad ad

राजनीति


उद्योगमन्त्री बडूद्वारा दार्चुलामा उम्मेदवारी दर्ता

उद्योगमन्त्री बडूद्वारा दार्चुलामा उम्मेदवारी दर्ता

नेपालखबर
असोज २३, २०७९ आइतबार १६:५, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका छन्। दार्चुला पुगेर उनले मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका हुन्। 

मन्त्री बडूसँगै प्रदेशसभा ‘क’ मा कांग्रेस नेता विक्रमसिंह धामी र ‘ख’ मा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले उम्मेदवारी दर्ता गराएका छन्। 

धामीलाई सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .