ad ad

राजनीति


डडेल्धुरामा टुट्यो एमाले र कांग्रेस बीपीको गठबन्धन, शाहीले दिए उम्मेदवारी

डडेल्धुरामा टुट्यो एमाले र कांग्रेस बीपीको गठबन्धन, शाहीले दिए उम्मेदवारी

नेपालखबर
असोज २३, २०७९ आइतबार १६:२१, कञ्चनपुर

नेकपा एमालेका नेता विक्रमबहादुर शाहीले डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका छन्। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्रमा शाहीले उम्मेदवारी दिएका हुन्।

डडेल्धुरामा नेकपा एमालेले कांग्रेस बीपीसँग चुनावी तालमेल गरेको छ। एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेले कांग्रेस बीपीसँग उम्मेदवार नउठाएर कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन गर्ने सहमति गरेको थियो।

तर यो सहमतिविपरीत एमाले नेता विक्रमबहादुर शाहीले डडेल्धुरा प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका हुन्।

‘डडेल्धुरामा अरुका लागि ठाउँ खाली छोड्न सकिँदैन, सधैँ अरुलाई बोकेर कति हिँड्ने? यस्तो भयो भने एमालेको अस्तित्व सकिन्छ,’ उनले भने, ‘जति मत आए पनि उम्मेदवारी दिनुपर्छ भनेर मनोनयन दर्ता गरेको छु।’ 

एमालेको अरु उम्मेदवार आए फिर्ता लिने तर अरु दलका उम्मेदवारलाई समर्थन गरेर उम्मेदवारी फिर्ता नलिने उनले बताए।

एमाले विभाजनका बेला नेकपा एकीकृत समाजवादीमा लागेका शाही केही महिनाअगाडि एमालेमै फर्किएका थिए। एमालेले संघमा कांग्रेस बीपीका मल्ललाई समर्थन गर्दै प्रदेश सभामा गजेन्द्र शाही र पठान सिंह बोहरालाई टिकट दिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .