ad ad

राजनीति


कञ्चनपुरमा गठबन्धनबाट साउद, लेखक र मगरको उम्मेदवारी, एमालेबाट को?

कञ्चनपुरमा गठबन्धनबाट साउद, लेखक र मगरको उम्मेदवारी, एमालेबाट को?

नेपालखबर
असोज २३, २०७९ आइतबार २१:४८, कञ्चनपुर

कञ्चनपुरमा सत्तारुढ गठबन्धन तथा नेकपा एमाले–राप्रपा गठबन्धन लगायत दलहरुले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वमन्त्री समेत रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले उम्मेदवारी दर्ता गराएकी छन्।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता बन्धु रानाले प्रदेश सभा १(१) र प्रदेश सभा १(२) मा संविधानसभा सदस्य दिवान सिंह बिष्टले उम्मेदवारी दर्ता गराएका छन्। 

निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले उम्मेदवार दर्ता गरेका छन्।

माओवादी केन्द्रका ओमविक्रम भाट (सरल)ले प्रदेश सभा २(क) र कांग्रेसका नेता समेत रहेका संविधानसभा सदस्य बहादुरसिंह थापाले २(ख) मा उम्मेदवारी दिएका छन्। 

निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री रमेश लेखकले उम्मेदवारी दिएका छन्। 
सत्ता गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको प्रदेश सभा ३(क) मा संविधान सभा सदस्य टेकेन्द्रप्रसाद भट्ट र प्रदेश सभा ३(ख) मा कांग्रेसका बेलबहादुर रानाको उम्मेदवारी परेको छ ।

यस्तै, नेकपा एमालेबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ तर्फ सुुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिलामन्त्री तारालामा तामाङले उम्मेदवारी दिएका छन्। 

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा एमालेबाट वीरबहादुर थापा (पाताल) र प्रदेश सभा (२) मा पल्लवराज भट्टको उम्मेदवारी परेको छ।

निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेबाट निवर्तमान सांसद नरबहादुर धामीले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा एमालेबाट प्रदेश सभा २(क) मा राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष बचनबहादुर सिंह र प्रदेश सभा २(ख) मा संविधान सभा सदस्य कृपाराम रानाको उम्मेदवारी परेको छ। 

निर्वाचन क्षेत्र नम्बर ३ को प्रत्यक्षतर्फ नेकपा एमालेबाट निवर्तमान सांसद निरुदेवी पालको उम्मेदवारी दिएकी छन्। 

निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) मा राप्रपा सुदूरपश्चिमका अध्यक्ष धर्मराज जोशी र प्रदेश सभा ३(ख) मा नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र बिष्टको उम्मेदवारी परेको छ।

नेकपा एमालेले कञ्चनपुर ३ मा राप्रपासंग चुनावी तालमेल गरेको छ। यस्तै, सत्तारुढ गठबन्धनबाट बाहिरिएको नेकपा एकीकृत समाजवादीका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेश सभा २(२) मा उम्मेदवारी दिएका छन्।

नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा ३(क) मा सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री प्रकाश रावलले उम्मेदवारी दर्ता गराएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .