नेपाली कांग्रेसले पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरुलाई यही असोज ३१ गतेसम्म आफ्नो उम्मेदवारी निस्क्रिय पार्न र आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिएको छ।
कांग्रेसले बागी उम्मेदवार र तिनका प्रस्तावक, समर्थकलाई असोज २६ गते अपरान्ह १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएसाधारण सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको थियो।
तर, मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति प्रकाशित गरी आगामी ३१ गतेसम्म उम्मेदवारी निस्क्रिय पार्न म्याद दिइएको बताएका छन्।
‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ।
Shares
प्रतिक्रिया