ad ad

राजनीति


विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न कांग्रेसको आग्रह

विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न कांग्रेसको आग्रह

फाइल तस्बिर


नेपालखबर
असोज २९, २०७९ शनिबार ६:४५, काठमाडौँ

नेपाली कांग्रेसले प्राकृतिक विपदबाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिरोबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पु¥याउन पार्टी सदस्य र भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन गरेको छ ।
 
बैठकले यही असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका रुकुमपश्चिम, मुगु, कालिकोट, हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला र दैलेखमा करीब तीन दर्जन व्यक्तिको मृत्यु, २० जना बेपत्ता र २३ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
 
बाढी पहिरोबाट आजसम्म रुकुम पश्चिममा सात, मुगुमा दुई सय ३६, कालिकोटमा दुई सय ३२, हुम्लामा २८, सुर्खेतमा एक सय २९, जाजरकोटमा १२, सल्यानमा ६७, डोल्पामा पाँच, जुम्लामा तीन सय ६८ र दैलेखमा दुई सय ७१ घरहरु पूर्ण रुपमा क्षति भएका छन् । त्यसैगरी रुकुम पश्चिममा तीन, मुगुमा तीन सय ९९, कालिकोटमा चार सय ३५, हुम्लामा ३२, सुर्खेतमा एक सय २७, सल्यानमा ४२, डोल्पामा छ, जुम्लामा चार सय ४० र दैलेखमा दुई सय ३६ घरहरु उच्च जोखिममा रहेका छन् ।
 

रुकुम पश्चिममा १५, मुगुमा पाँच हजार दुई सय ८२, कालिकोटमा एक हजार सात सय ६३, हुम्लामा चार हजार ७४, सुर्खेतमा पाँच सय ६६, सल्यानमा छ सय २९, डोल्पामा ३२, जुम्लामा एक हजार सात सय २५, दैलेखमा एक हजार सात सय २० र जाजरकोटमा १८ जना स्थानीय वासिन्दा विस्थापित हुन वाध्य भएको बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कर्णाली राजमार्गका दैलेख, कालिकोट, जुम्ला, मुगुका केही स्थानहरु अवरुद्ध समेत भएका छन् । 
 
प्राकृतिक विपदमा परी जीवन गुमाउनु भएका सम्पूर्णमा बैठकले श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .