नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोक क्षेत्र नं. १ मा गठबन्धनबाट पछि थप्ने गरी प्रतिनिधि सभाका उम्मेदवार माधव सापकोटा सुबोधलाई जिताउन २२ सय ८८ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
समानुपातिकतर्फ प्रदेश सभा सदस्य उमेदवार अमृता नेपाल 'प्रभा'का अनुसार आइतबार क्षेत्र नं. १ अन्तरगत 'ख' प्रदेशको खाडीचौरमा सम्पन्न बैठकबाट चन्द्र सापकोटा 'रवि'को नेतृत्वमा ११ सय ५७ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाइएको छ।
यस्तै सोमबार बाह्रविसेमा सम्पन्न क्षेत्र नं. १ प्रदेश सभा 'क' को बैठकले समानुपातिक उम्मेदवार अमृता नेपाल प्रभाको नेतृत्वमा ११ सय ३१ सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको हो।
क्षेत्र नं. १ को निर्वाचन परिचालनको मूल नेतृत्व भने संघीय संसद, प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव सापकोटा सुबोधले नै गर्ने छन्।
माओवादीले यहाँको प्रतिनिधि सभा र 'ख' प्रदेश सभातर्फ उम्मेदवारी दिएकोले निर्वाचन परिचालनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने भएको हो।
असोजको पहिलो साता भित्र वाम लोकतान्त्रिक गठबन्धन दलरुको जिल्लास्तरीय र शीर्ष नेताहरुको उपस्थितिमा बागमती प्रदेशस्तरीय बैठक गरेर संयुक्त निर्वाचन परिचालन समिति बन्ने जनाइएको छ ।
यसैबीच माओवादीले जिल्लाभर गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउने गरी लाग्न निर्देशन दिएको छ। जिल्लाका गठबन्धनका तर्फबाट सबै उम्मेदवारलाई जिताउन सोही अनुरुप प्रचार प्रसारका काम गर्न भनिएको माओवादीले जनाएको छ।
Shares
प्रतिक्रिया