नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने भएका छन्।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा ओलीले सर्वसाधारणको सुझाव सुन्नका लागि आफैँले प्रत्यक्ष टेलिफोन संवाद गर्न लागेको उनको सचिवालयले जनाएको छ।
कात्तिक ४ गते देशभरिका जुनसुकै नागरिकले पनि ओलीलाई फोन गरेर प्रत्यक्ष सुझाव दिन सक्ने छन्।
टेलिफोन सम्वाद गर्न चाहने व्यक्तिले आफ्नो नम्बर र नाम ओलीको फेसबुक पेजको इनबक्समा म्यासेज गरी पठाउनुपर्ने छ।
सर्वसाधारण नागरिकले नम्बर पठाएपछि ओलीले आफैँ फोन गरेर कुराकानी गर्ने जानकारी फेसबुक मार्फत दिएका छन्।
‘कात्तिक ४ गते म तपाईंको सम्पर्कमा हुनेछ, आउनुस, कुरा गरौं,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले भनेका छन्।
54
Shares
प्रतिक्रिया