ad ad

राजनीति


माओवादी दोलखा इन्चार्ज देवी खड्काले दिइन् राजीनामा

माओवादी दोलखा इन्चार्ज देवी खड्काले दिइन् राजीनामा

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १७:२७, काठमाडौँ

नेकपा माओवादी केन्द्रकी दोलखा इन्चार्ज देवी खड्काले राजीनामा दिएकी छन्। मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि टिकट वितरणलाई असन्तुष्टि बढेपछि उनले राजीनामा दिएकी हुन्। 

दोलखाको प्रतिनिधिसभाको टिकटलाई लिएर पार्टी नेतृत्वले गलत निर्णय गरेको भन्दै खड्काले राजीनामा दिएकी हुन्। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोलखाबाट प्रतिनिधिसभा सदस्यको टिकट पोलिटव्युरो सदस्य गंगा कार्की ‘विश्व’लाई दिएपछि असन्तुष्टि चुलिएको थियो।

त्यही विषयमा खड्काले जिल्ला इञ्चार्जको पदबाट राजीनामा दिएकी हुन्। खड्काले जिल्ला इञ्चार्जबाट राजीनामा दिएको पत्र पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएकी छन्। 

टिकट लिएका कार्कीले पार्टी निर्माणमा असहयोग गरेको, आफ्ना निर्णयमा सार्वजनिक विरोध गरेको लगायत विषयमा उनी असन्तुष्ट थिइन्।

खड्का पूर्वमन्त्री पनि हुन्। टिकट लिएका कार्की र खड्काबीच पारिवारिक नाता पनि छ। पारिवारिक नाता भए पनि दुईजनाबीच पार्टीमा द्वन्द्व थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .