ad ad

राजनीति


गठबन्धनको उद्देश्य देश बनाउने हो : एनपी साउद

गठबन्धनको उद्देश्य देश बनाउने हो : एनपी साउद

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ११:३१, काठमाडौँ

नेपाली कांग्रेसका नेता एनपी साउदले सत्ता गठबन्धन दलहरुले देश निर्माणका लागि चुनावी तालमेल गरेको बताएका छन्।

कञ्चनपुर–२ मा पर्ने कृष्णपुर नगरपालिका–२ मा शुक्रबार बिहान आयोजित चुनावी लक्षित कार्यक्रममा उनले गठबन्धनको उद्देश्य सरकार बनाउनेमात्रै नभएको बताए।  

‘गठबन्धनको उद्देश्य सरकार बनाउने होइन। हुन्थ्यो भने हामी चुनाव पछि संसदमा गएर यो गठबनधन गथ्र्यौं,’ नेता साउदले भने, ‘हाम्रो उदेश्य देश बनाउने हो।’

देश निर्माणका लागि कांग्रेस जनताको विश्वास जितेर स्थिर सरकार बनाउने लक्ष्यका साथ गठबन्धनमा रहेका दलहरुलाई साथ लिएर हिँडेको उनको भनाइ थियो। 

‘देश बनाउनका लागि अहिलेका गठबन्धनका सबै दलहरु एक ठाउँमा आएर सबैलाई एक ठाउँमा ल्याएर जनताबाट अनुमोदित भएर जनताको विश्वास जितेर स्थिर सरकार बनाउने लक्ष्यका साथ नेपाली कांग्रेस अगाडि बढेको छ,’ साउदले भने।  

०७४ मा नेकपा माओवादी केन्द्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्रमा परेर कांग्रेस पराजित भएको भन्दै उनले तत्कालीन समयमा एमाले–माओवादीले गरेको गठबन्धन सार्थन हुन नसकेको बताए। 

‘विगतमा ओलीजीको षड्यन्त्रमा माओवादी पर्यो, र नेपाली कांग्रेस हार्यो,’ साउदले भने, ‘तर, गठबन्धनको कुरा सार्थक हुन सकेन। गठबन्धनले जुन स्थिरता र समृद्धिको नारा दिएको थियो त्यो सार्थक हुन सकेन।’ 

विगतका कमजोरीबाट शिक्षा लिँदै पाँच दल एक ठाउँमा उभिनुको मुख्य उदेश्य देशको विकास र प्रगतिका लागि भएको उनले बताए। 

‘अब ती कमी–कमजोरीबाट अनुभव, शिक्षा लिँदै अहिले हामी पाँचै दलहरु एकै ठाउँमा उभिएका छौं,’ साउदले भने, ‘हाम्रो यात्रा विकास र समृद्धिका लागि हो। प्रगतिका लागि हो। प्रगतिको काममा हामी हातोमालो गरेर अगाडि बढ्न चाहन्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .