ad ad

राजनीति


मैले र प्रचण्डले बनाएको धार नै सबैभन्दा बढी उपयुक्त : डा. बाबुराम भट्टराई

‘गठबन्धनले हार्नु भनेको ०७ सालदेखि लडेर ल्याएको लोकतन्त्र धरापमा पर्नु हो’
मैले र प्रचण्डले बनाएको धार नै सबैभन्दा बढी उपयुक्त : डा. बाबुराम भट्टराई

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ११:५७, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बनाएको धार नै सबैभन्दा उपयुक्त भएको दाबी गरेका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रतिगमनकारीले तानाबाना बुन्दै गरेको उल्लेख गर्दै उनले भने, ‘हामीले त्यो खतराबाट बच्नुपर्छ। पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय प्रचण्ड र बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त छ।’

भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी समेत दिए। 

उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरु अहिले विभिन्न बहानामा जुर्मुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताए। ‘पहिलो संविधान सभाबाट जुन एउटा गठबन्धनको सरकार बन्यो, त्यसले पनि ५ वर्ष पूरा गर्न सकेन,ण्द्दज्ञडठ भट्टराईले भने, ‘बरु उल्टै हिजो संघीय लाकतान्त्रिक गणतन्त्रका निम्ति लडेका, लागेका हाम्रा कतिपय साथीहरुको मतिभ्रष्ट भएर भनौँ, विभिन्न शक्तिहरुको चलखेलको कारणले भनौँ फेरि त्यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरासायी पार्ने खालका कामहरु भए,’

अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर समेत गरे।

उनले निर्वाचनमा प्रतिगामी शक्तिहरुलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको बताए । ‘अहिलेको निर्वाचनमा पनि यो गठबन्धन बनाउनुको अर्थ के हो भने २००७ सालदेखि लडेर ल्याएको लोकतन्त्रलाई कुनैपनि हालतमा, कुनैपनि बहानामा प्रतिगमनतिर हामी लैजान दिँदैनौँ। यसको हामी रक्षा गर्छौँ। यो चुनावको पहिलो मुद्दा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु हो।’ भट्टराईले भने।

उनले देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरुमा निराशा छाएको भन्दै शीर्ष तहले यसको उचित सम्बोधन गर्न जरुरी रहेको बताए। 

तत्काल गठबन्धनका कुनै विकल्प नरहेको भट्टराईको भनाई थियो। ‘यो अग्रगमनकारी मोर्चाले जित्नैपर्छ। यसले हार्नु भनेको २००७ साल देखिको लडेर ल्याएको लोकतन्त्र धरापमा पर्नु हो,’ भट्टराईले भने, ‘नेपालको राजधानी काठमाडौं नेपालको राजनीतिको ५० औं वर्षदेखि निर्णय गर्ने दिशा कता जान्छ, त्यो निर्णय काठमाडौंले गर्ने गरेको छ । हामीबाट पनि विगतमा केही कमजोरी भए। लोकतन्त्र भनेको सिक्दै जाने हो। हामीबाट पनि केही मानवीय कमजोरी भएकै हो।’

अध्यक्ष भट्टराईले आगामी निर्वाचन गठबन्धन दललाई कुनैपनि हालतमा जिताउनै पर्ने भन्दै देशका लागि आगामी ५ वर्ष स्थिरता र असन्तोषलाई पूरा गर्ने समय भएको बताए।

‘अहिले प्रतिगमनको नेतृत्व गरिरहेको जुन शक्ति छ, त्यसले नेपालको वामपन्थी आन्दोलनको मुलधार पुष्पलालहरुले नेतृत्व गरेको जुन धार हो, त्यो भन्दा विपरित सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेका जुन शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरुसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुन्दैछन्, त्यो अत्यन्त घातक छ,’ भट्टराईले सम्बोधनको क्रममा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .