प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै तयार पारेको घोषणापत्र आइतवार अपरान्ह सार्वजनिक गर्ने भएको छ।
उक्त घोषणा पत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गर्न लागिएको हो।
तर उक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रधाननमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा भौतिक रुपमा सहभागी नहुने भएका छन्।
उनी धनगढी र सुर्खेतको चुनावी प्रशिक्षण सकेर काठमाडौं आएपछि सरकारी निवास बालुवाटारबाटै भर्चुअल रुपमा उक्त कार्यक्रममा सहभागी हुने भएका छन्।
घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री गगन थापा र सहमहामन्त्री जीवन परियार सानेपामा उपस्थित हुने छन्।
घोषणापत्र मस्यौदा समितिका संयोजक एवम् अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने झापा क्षेत्र नम्बर १ को चुनावी अभियानमा छन्। उनी त्यहीँबाट घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्।
कांग्रेसले आफ्नो घोषणापत्रको ठोस कपी नबाँड्ने भएको छ। सानेपाबाट सञ्चारकर्मीहरुलाई डिजिटल कपी उपलब्ध गराइने भएको छ।
शर्मा संयोजक रहेको कांग्रेसको घोषणा पत्र तयारी समितिले २ वटा उपसमिति गठन गरेर काम गरेको थियो।
समितिले अध्ययन र विश्लेषण उपसमिति र प्रारम्भिक मस्यौदा उपसमिति गठन गरेको थियो।
समितिले स्वर्णिम वाग्लेको संयोजकत्वमा घोषणापत्र प्रारम्भिक मस्यौदा उपसमिति पनि गठन गरेको थियो।
उपसमितिमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र प्रीति मण्डल सदस्य थिए।
Shares
प्रतिक्रिया