ad ad

राजनीति


भोट माग्न आएकी मानुषीसँग अष्टलक्ष्मीको हाँसोठट्टा–यो पटक एमालेका उम्मेदवारलाई जिताऔँ

भोट माग्न आएकी मानुषीसँग अष्टलक्ष्मीको हाँसोठट्टा–यो पटक एमालेका उम्मेदवारलाई जिताऔँ

अष्टलक्ष्मीको घरमा मत माग्न पुगेकी मानुषी यमी


नेपालखबर
कात्तिक १६, २०७९ बुधबार ११:५१, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ७ मा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माानुषी यमी भोट माग्न एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको घरमा पुगेकी छिन्।

माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उठेकी मानुषीले मंगलदबार दिउँसो शाक्यको घरमा पुगेर आफ्ना लागि भोट मागेकी हुन्। 

शाक्य यसपटक निर्वाचनमा उम्मेदवार बनेकी छैनन्। नेपाल समाजवादी पार्टीकी नेतृ समेत रहेकी मानुषीलाई माओवादीले‍ साथ दिएपछि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छिन्। 

शाक्यका अनुसार मानुषीले यो पटक आफूलाई भोट हाल्न अनुरोध गरेकी थिइन्। जवाफमा शाक्यले, ‘हाम्रो उम्मेदवार पनि हुनुहुन्छ, यो पटक एमालालाई नै जिताऔं’ भनेको उनले सुनाइन्। 

केहीबेर उनीहरुबीच हाँसोठट्टा समेत चलेको थियो। उनीहरु दुवैले एक अर्कालाई भोट माग्दै हाँसोठट्टा पनि गरेको उनले बताइन्।

‘तपाईं यो पटक चासो दिएर लाग्नुभएको छ तर यो पटक एमालेका उम्मेदवारलाई जिताऔं भनेर पठाइदिएँ’, अष्टलक्ष्मीले भनिन्।

अष्टलक्ष्मीको घरमा मत माग्न पुगेकी मानुषी यमी।

शाक्यले यसो भन्दा मानुषीले हाँसेर केहीबेर ठट्टा चलेको उनले बताइन्।

‘तपाईंहरुले पनि त्याग गर्नुभएको छ। हामीले सिक्ने तपाईंहरुसँगै हो, अझै सिक्छौँ,’ मानुषीको भनाइ उद्धृत गर्दै शाक्यले नेपालखबरलाई बताइन्। 

गणतन्त्र र लोकतन्त्र साझा भएको भन्दै मिलेर जानुको विकल्प नभएको शाक्यले मानुषीलाई बताएकी थिइन्। ‘मिलेर जानुको विकल्प छैन। मानुषीजस्तो मान्छे यथास्थितिमा बसेर पनि हुँदैन,’ उनले भनेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .