ad ad

राजनीति


जातीय मुक्तिका लागि अझै संघर्ष आवश्यक छ : मोहन वैद्य

जातीय मुक्तिका लागि अझै संघर्ष आवश्यक छ : मोहन वैद्य

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १८:२, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातीय मुक्ति प्राप्त हुन नसकेकोले संघर्ष गर्न आवश्यक भएको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादबिरुद्ध लडेर संघर्ष गर्दापनि वर्गीय, जातिय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताए। 

‘हामीले देशमा रुपान्तरणको लागि सामन्तवादका बिरुद्ध, साम्राज्यवादका बिरुद्ध, बाहुनवादका बिरुद्ध वर्गीय, जातीय, महिला, दलित, मधेसी, सबैसबैको मुक्तिको निम्ति धेरै रगत बग्यो,’ वैद्यले भने, ‘थुप्रै योद्धाहरुले शाहदत प्राप्त गरे तर अझै मुक्ति प्राप्त हुन सकेको छैन। अब हामी फेरि मुक्तिका निम्ति संघर्ष गर्न जरुरी छ।’

उनँले  सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवाद, पहाडीया शोषणवादका बिरुद्ध लड्दै गर्दा संशोधनवादका बिरुद्ध पनि लड्न अत्यावश्यक रहेको बताए। ‘सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवादका लागि लड्नेपनि ठिक छ, पहाडीया शोषणवादका बिरुद्ध लड्नेपनि ठिक छ, तर यसको साथमा संशोधनवादका बिरुद्ध पनि लड्नुपर्छ,’ उनले कार्यक्रममा भने, ‘संशोधनवादकाबिरुद्ध नलडीकन मुक्ति हुन सक्दैन, किनभने त्यो संशोधनवाद सबैमा घुसेको छ। त्यसकारणले संशोधनवादका निमित्त लडेर क्रान्ति पूरा भयो भन्ने छ, क्रान्ति पूरा भएको छैन ।’

संशोधनवाद सबै क्षेत्रमा फैलिसकेको उल्लेख गर्दै संशोधनवादकाबिरुद्ध नलडीकन मुक्ति हुन प्राप्त हुन नसक्ने उनको भनाई थियो। 

महासचिव वैद्यले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको स्थापना गरी साम्यवादको प्राप्तिको निम्ति दृढतापूर्वक अघि बढ्नुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .