ad ad

राजनीति


एमालेका असन्तुष्ट नेता शेषकान्त गौतमको साथ रामकुमारी झाँक्रीलाई

एमालेका असन्तुष्ट नेता शेषकान्त गौतमको साथ रामकुमारी झाँक्रीलाई

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १२:५०, काठमाडौँ

नेकपा एमालेका एकजना असन्तुष्ट नेता शेषकान्त गौतमले नेकपा एकीकृत समाजवादीबाट गुल्मी क्षेत्र नम्बर २ की उम्मेदवार रामकुमारी झाँक्रीलाई साथ दिने घोषणा गरेका छन्। 

सत्ता गठबन्धनको साथ लिएर गुल्मी २ को चुनावी मैदानमा रहेकी झाँक्रीलाई साथ दिने घोषणा गौतमले आइतवार पत्रकार सम्मेलन गरेर गरेका हुन्। 

कफी विकास बोर्डका अध्यक्ष पनि भइसकेका उनी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन्।

उनले एमाले सचिव एवम् रामकुमारीसँगको प्रतिस्पर्धामा रहेका गोकर्ण विष्टबारे टिप्पणी गर्दै नैतिक पतन भएको संज्ञा दिए। 

'आफ्नै पार्टीको प्रधानमन्त्री ढलाउन सर्वोच्च पुग्ने अनि त्यही पार्टीमा बस्ने नैतिक पतन भएकाहरुलाई सहयोग गर्न सकिँदैन', उनले भने, 'पहिले माधवकुमार नेपाललाई उकासेर अघि सारे, अनि साथ छाडेपछि जिल्लामा आएर आत्मआलोचना पनि गरेनन्। विष्टको यस्तो प्रवृत्तिविरुद्ध रामकुमारीलाई मेरो साथ छ।'

उनले अहिले पनि आफू एमालेमै रहेको बताए।  तर यो निर्णयका कारण कारबाही गरेमा भोग्न तयार रहेको बताएका छन्।

उनले रामकुमारीलाई गुल्मेली गहना भन्दै जिताएर पठाउन पनि अपिल गरेका छन्। एमालेमा हुँदा विष्ट र झाँक्री एकै गुटमा थिए। तर अहिले झाँक्रीले काठमाडौंबाट गुल्मी फर्केर विष्टसँग प्रतिस्पर्धा गरिरहेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .