ad ad

राजनीति


एमालेमा फर्किएका जुम्ला इन्चार्ज र अध्यक्षसहित ५ नेता समाजवादीबाट निष्कासित

एमालेमा फर्किएका जुम्ला इन्चार्ज र अध्यक्षसहित ५ नेता समाजवादीबाट निष्कासित

समाजवादीका नेताहरु एमालेमा फर्काउन आयोजित कार्यक्रम। तस्बिर : नेपालाखबर


नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १७:४१, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतवार मात्रै नेकपा एमालेमा समाहित जुम्ला जिल्ला कमिटी अध्यक्षसहित पाँचजनालाई निष्कासित गरेको छ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेलाई थप बलियो बनाउन समाजवादीको सिंगो जिल्ला कमिटी नै समाहित भएपछि केन्द्रीय कमिटीले निष्कासनको निर्णय लिएको हो। 

समाजवादीले एमालेमै फर्किएका जुम्ला जिल्ला इन्चार्ज देवीलाल थापा र जिल्ला अध्यक्ष आदिप्रसाद न्यौपानेलाई निष्कासनको घोषणा गरेको हो।

समाजवादीका महासचिव वेदुराम भुसालले आइतवार एक विज्ञप्ति निकालेर एमालेमा समाहित भएका प्रदेश कमिटी सदस्यहरू नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई पनि निष्कासित गरिएको जनाएका छन्। 

आइतावर मात्रै एमाले जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेले सात बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै एकीकरण घोषणा गरेका थिए।

विज्ञप्तिमा एकीकृत समाजावादीबाट समाहित भएकाहरुलाई उचित जिम्मेवारी दिइनेलगायतका प्रतिवद्धता जाहेर गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .