नेकपा एमालेमा युवा नेताका रुपमा चिनिन्छन् किरण पौडेल।
संसदीय निर्वाचनको अनुभव नभए पनि उनलाई अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहविरुद्ध प्रतिस्पर्धाका लागि पठाएका छन्।
प्रतिनिधिसभाका लागि उनले सिंहसँगै रवीन्द्र मिश्र, पुकार बम र रमेश खरेलसहितका उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका छन।
स्वतन्त्र र साना दलको पनि प्रभाव रहेकाले यो क्षेत्रको नतिजा कसको पक्षमा जान्छ अनुमान गर्न मुस्किल छ।
यस्तोमा पौडेल पनि युवा र नयाँ भोटरसहित रैथाने बासिन्दाहरुलाई फकाउन लागिरहेका छन्। घर दैलो अभियानमा जुटिरहेका उनले मतदाताका कुरा सुन्दै समाधानको पहल गर्ने आवश्वास दिइरहेका छन्।
लगातार तीन पटक जितेका सिंहले जनताको भावनाअनुरूप काम गर्न नसकेको तर्कसहित पौडेलले मतदाता फकाइरहेका छन्।
उनले एमाले मात्रै जनताको समस्या बुझेर समाधान गर्ने पार्टी भएको तर्कसहित मतदान गर्न आग्रह गर्दै घर घर पुगिरहेका छन्।
Shares
प्रतिक्रिया