राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी प्रचारलाई तीव्र पारेको छ। देशका केही क्षेत्रमा नेकपा एमालेसँग तालमेल गरेको राप्रपा काठमाडौं १ मा एक्लै चुनावी मैदानमा छ।
राप्रपाले शुक्रबार काठमाडौंको वसन्तपुरमा चुनावी सभा गर्यो। उक्त सभामा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्रले लामो भाषण गरेर आफूलाई मत माग्ने कोसिस गरे।
ठूला दलहरु बिग्रिसकेको निष्कर्ष सुनाउँदै उनले अब राप्रपाले मात्रै देशको सही एजेन्डा अघि बढाउन सक्ने तर्क उनले गरे।
झापा ३ मा आफ्नो चुनावी प्रचार छाडेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि कार्यक्रममा सहभागी भएर मन्तव्य दिए।
यो भन्दा पनि आकर्षक कुरा चाहिँ यो सभामा बलिउड अभिनेत्री मनिषा कोइराला सहभागी थिइन्।
उनले आफूलाई राजावादी पार्टी राप्रापामा खुलाउँदै भोट मागिन्। मनिषाले आफ्ना हजुरबा बीपी कोइरालाको विचार राप्रपाले बोकेकाले आफू साथ दिन आएको बताइन्
भर्खरै राप्रपा प्रवेश गरेर काठमाडौं १ मा आफूलाई फेरि परीक्षण गराइरहेका मिश्रलाई साथ दिन मनिषा पनि उत्रिएपछि यहाँका चुनावी माहोल रोचक भएको छ।
शुक्रबार वसन्तपुर डबलीमा मनिषा त्यहाँ उपस्थितहरुका लागि आकर्षणकी पात्र मात्रै भइनन् राजनीतिक भाषण पनि दिइन्।
हेर्नुस् राप्रपाको चुनावी सभाको फोटो फिचर
Shares
प्रतिक्रिया