ad ad

राजनीति


आन्दोलन चर्किएपछि मोदी सरकारले काट्यो दिल्लीको फोन

आन्दोलन चर्किएपछि मोदी सरकारले काट्यो दिल्लीको फोन

नेपालखबर
पुस ३, २०७६ बिहिबार ७:५०,

भारतका विभिन्न ठाउँमा आन्दोलन चर्केपछि सरकारको निर्देशनमा दिल्लीका विभिन्न भागहरुमा मोवाइल फोन कल, एसएमएस, तथा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ।

भारतीय सरकारले हालै ल्याएको नागरिकतासम्बन्धी कानूनको विरोधमा आन्दोलन चर्कँदै गएपछि सरकार कडारुपमा प्रस्तुत हुँदै गएको हो।

‘हामीले सरकारबाट प्राप्त निर्देशनअनुसार दिल्लीका केहि क्षेत्रमा हाम्रो फोनसेवाका आवाज, एसएमएस र डाटा प्रसारण अवरुद्ध गरेका छौं,’ भारती एयरटेलले जानकारी गराएको छ । ‘निलम्बनका आदेश फुकुवा भएपछि हाम्रो सेवाहरु पूर्ववत् रुपमा पूर्णरुपले सञ्चालनमा आउनेछन्।’

त्यसैगरि, भाेडाफाेन, एयरटेल, जियाे लगायतका कम्पनीहरूले पनि सेवाहरू राेकेकाे गरेकाे जनाएका छन्।

यसैबीच, भारतीय सुरक्षाकर्मीहरुले भारतका चर्चित रामचन्द्र गुहा र योगेन्द्र यादव लगायत ठूलो संख्यामा लेखक तथा अभियन्ताहरु पक्राउ गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .