नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली जस्ता गफाडीका हातमा सत्ता दिन नहुने बताएका छन्।
काठमाडौं क्षेत्र नम्बर २ स्थित जडीबुटीमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
'राजावादी र प्रतिगामीसँग गठबन्धन गर्नेलाई जनताले दण्डित गर्नैपर्छ', उनले भने, 'निजी स्वार्थका लागि मात्रै गठबन्धन गरेका हुन्। देशलाई डुबाउन यो गठबन्धन गरेका हुन्। त्यसैले यो निर्वाचनमा दण्डित गर्नैपर्छ।'
उनले गणतन्त्रको आन्दोलका क्रममा ओलीले बरु बयलगाडा चढेर अमेरिका पुगिने बताएको पनि स्मरण गरे।
'पहिले पनि गणतन्त्रको आन्दोलन हुँदा ओली बयलगाडाको कुरा गर्थे। अहिले केपी ओली बयलगाडा चढेर हिँडे हुन्छ', उनले भने, 'देश निर्माणको कुनै योजना छैन। एमालेमा व्यक्ति पूजा मात्रै छ।'
90
Shares
प्रतिक्रिया