प्रतिनिधिसभातर्फ रोल्पामा नेकपा माओवादी केन्द्रको अग्रता कायम राखेको छ।
रोल्पामा अहिलेसम्म १० हजार ९ सय ७३ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।
राप्रपाका लिला राउतले ४६६ मत पाएका छन्। प्रदेश सभामा पनि माओवादी केन्द्रको अग्रता जारी छ।
प्रदेश सभा १ को ९ हजार ६८३ मत गणना सकिँदा माओवादीका जोख बहादुर महराले ५ हजार ८९० मत पाएका छन्। एमालेका कमल बहादुर बुढाथोकी २ हजार २०४ मत पाएका छन्।
यसैगरी प्रदेश सभा २ मा ८ हजार ९६३ मत गणना भएको छ। त्यहाँ स्वतन्त्रका धारो चिन्ह लिएका दिपेन्द्र कुमार पुनले ३ हजार ४९७ मत ल्याएर अग्रता लिएका छन्।
उनलाई गठबन्धनका साझा उम्मेदवार कांग्रेसका अमर सिह पुनले २ हजार ८८१ मत ल्याएर पछ्याइरहेका छन्। एमालेका प्रेम बहादुर घर्तिमगर १ हजार ९६८ मतसहित तेस्रो स्थानमा छन्।
42
Shares
प्रतिक्रिया