ad ad

राजनीति


चौथो पटक संसद यात्रामा कृष्णगोपाल (तस्बिरहरु)

चौथो पटक संसद यात्रामा कृष्णगोपाल (तस्बिरहरु)

विजयी भएपछि समर्थकमाझ कृष्णगोपाल श्रेष्ठ। तस्बिर : सरोज बैजु/नेपालखबर


सरोज बैजु
मंसिर ६, २०७९ मंगलबार १५:५८, काठमाडौँ

नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यका रुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्ने पक्का भएको छ।

मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेलेका श्रेष्ठ यस पटक नेकपा एमालेबाट काठमाडौँ निर्वाचन  क्षेत्र नं ९ मा विजयी भएका हुन्।

यसअघि उनी वि.सं. २०४८ मा काठमाडौं निर्वाचन क्षेत्र नं ५, विसं २०५१ को मध्यावधिमा काठमाडौं निर्वाचन क्षेत्र नं ७ तथा वि.सं. २०७४ मा काठमाडौँ क्षेत्र नं. ९ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

काठमाडौँ महानगरपालिका १४ बल्खु स्थायी ठेगाना रहेका श्रेष्ठको वि.सं २०१५ असोज १४ गते पिता हरिलाल श्रेष्ठ र माता हरिमाया श्रेष्ठका कोखबाट जन्म भएको हो।

अर्थशास्त्रमा स्नाकोत्तर श्रेष्ठले वि.सं. २०५९ देखि २०६० मा स्थानीय विकास राज्यमन्त्री तथा वि.सं. २०७७ देखि २०७८ सम्म शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। 

एमाले पार्टी कार्यालयको मुख्यसचिवका रुपमा समेत उनले जिम्मेवारी बहन गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .