नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच संसदीय दलको चुनावबारे छलफल भएको छ।
प्रतिनिधि सभाको चुनावमा झापा क्षेत्र नम्बर १ बाट निर्वाचित शर्मा काठमाडौं ४ बाट निर्वाचित थापालाई भेट्न मंगलबार झापाबाट अपरान्ह ४ बजेको फ्लाइटमा काठमाडौं आएका हुन्।
थापा निवासमा मंगलबार साझ दुई नेताबीच झण्डै दुई घण्टा छलफल भएको हो।
थापासँग भेट्नकै लागि शर्मा मंगलबार अपरान्ह झापाबाट काठमाडौं आएका थिए। उनी सिधै थापा निवास ज्ञानेश्वर पुगेका थिए।
अबको नेपाल प्रदीप, गगन र विश्वप्रकाशहरुले हाँक्छन् : डा. स्वर्णिम वाग्ले
महामन्त्री शर्मा बुधबार बिहानै झापा फर्किने उनीनिकट एक नेताले जानकारी दिए।
‘दुई महामन्त्रीबीच आज गगन थापा निवासमा छलफल भएको हो,’ ती नेताले नेपालखबरसँग भने, चुनावी नतिजा र संसदीय दलको नेता चयनका विषयमा छलफल भएको छ।’
महामन्त्री गगन थापाले संसदीय दलको चुनाव लड्ने घोषणा गरिसकेका छन्।
उनलाई महामन्त्री शर्माले प्रधानमन्त्री बनाउन सहयोग गर्ने र प्रधानमन्त्रीको प्रस्ताव गर्ने बताइसकेका थिए।
संसदीय दलको चुनाव लड्ने तयारी गरिरहेका महामन्त्री थापाले प्रतिनिधि सभाका चुनाव जितेका सांसदहरुसँग निरन्तर भेटवार्ता गरिरहेका छन्।
गगन काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका हुन्। उनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै त्यसलाई मुख्य चुनावी एजेन्डा बनाएका थिए।
झापा क्षेत्र नम्बर १ बाट तेस्रो प्रयासमा विजयी शर्माले गगनलाई कांग्रेस संसदीय दलको नेतामा प्रस्ताव गर्ने घोषणा गरिसकेका छन्।
उनले यसअघि नै गगनलाई बधाई दिँदै कांग्रेसलाई अघि बढाउन अब गगनलाई दलको नेतामा प्रस्ताव गरेर प्रधानमन्त्री बनाउने उल्लेख गरिसकेका छन्।
Shares
प्रतिक्रिया