फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले सेवानिवृत्त भएपछि पेन्सन नलिने घोषणा गरेका छन्।
म्याक्रोँले अघि सारेको पेन्सन सुधार सम्बन्धी परियोजनाको विरोधमा फ्रान्समा कयौँ दिनदेखि आन्दोलन चलिरहेको छ।
फ्रान्सको कानुनअनुसार पूर्व राष्ट्रप्रमुखले प्रतिमहिना ६ हजार ८ सय ९० अमेरिकी डलर पेन्सन पाउने गर्छन्।
हाल फ्रान्समा फरक पेसा र क्षेत्रमा काम गर्नेहरुका फरकफरक पेन्सन योजना लागू गरिएको छ।
म्याक्रोँको सरकारले ती सबैलाई एकै योजनाअन्तर्गत पेन्सन सुविधा दिने कार्यक्रम अघि सारेको छ। युनियनहरुले त्यसको विरोध गरिरहेका छन्। एजेन्सी
प्रतिक्रिया