सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच यसअघिको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ।
उता विप्लव नेतृत्वको नकेपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहभागी थिए।
वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाडो टुंग्याउन अहिलेसम्म भएका प्रगतिबारे कुराकानी भएको छ।
नेकपासँगका मुद्दा टुंग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक रुपमा टुंग्याउने सहमति जनाएको थियो।
अदालती प्रक्रियामा पुगेका मुद्दा छिटो टुंग्याउन वर्तमान कानुनले अफ्टेरो पर्ने भएमा संशोधन गर्ने निर्णय पनि उक्त बैठकले गरेको थियो।
त्यही निर्णय कार्यान्वयनको अवस्था र आगामी दिनमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था भए नभएकोबारेमा नेकपा प्रवक्ता विश्वकर्माले जिज्ञासा राखेका गृहमन्त्रीको सचिवालयले जनाएको छ।
जवाफमा सरकारका तर्फबाट निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको धारणा गृहमन्त्री खाणले राखेका छन्।
सरकारका तर्फबाट गृहमन्त्री खाणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा सरकारको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए।
‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिवद्ध छौँ,’ गृहमन्त्री खाणले भने, ‘केही प्रशासनिक रुपबाट हुने निर्णय भइसकेका छन्। अदालती प्रक्रियामा गएका मुद्दाबारे पनि प्रक्रिया अगाडि बढिसकेको छ। निर्णयानुसार कार्यान्वयन हुन्छ।’
Shares
प्रतिक्रिया