ad ad

राजनीति


महाकाली अतिक्रमण र नेपालीमाथि ज्यादती : सरकारले पठायो भारतलाई कूटनीतिक नोट

महाकाली अतिक्रमण र नेपालीमाथि ज्यादती : सरकारले पठायो भारतलाई कूटनीतिक नोट

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १६:८, काठमाडौँ

महाकाली नदी अतिक्रमण र दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भएको ज्यादतीलाई लिएर सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।

एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ।

उक्त तटबन्धनको विरोधमा उत्रिएका दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भारतीय पक्षले लगातार आक्रमण गरिरहेपछि परराष्ट्र मन्त्रालयले मंगलबार कूटनीतिक नोट पठाएको हो।

मंगलबार लैनचौरस्थित भारतीय दूतावासमार्फत उक्त कूटनीतिक नोट नयाँदिल्लीस्थित विदेशमन्त्रालयलाई पठाइएको परराष्ट्र मन्त्रालय सूत्रले नेपालखबरलाई जानकारी दिएको छ। 

उक्त कूटनीतिक नोटमा नेपालले भारतलाई तीनवटा कुरामा ध्यान दिएर मात्रै सीमाक्षेत्रमा गतिविधि गर्न सचेत गराएको छ। 

जसमध्ये दुवै देशको सीमानदी महाकाली जारी एकपक्षीय तटबन्ध निर्माण रोक्न भनिएको छ। 

त्यसैगरी सीमाक्षेत्रमा यस्ता खालका निर्माण गर्दा पहिले नेपालसँग सहमति लिन र सल्लाह गर्न पनि कूटनीतिक नोटमार्फत भनिएको छ।

तेस्रो बुँदामा सीमाक्षेत्रको शान्ति व्यवस्था खलबलिने गरी यस्ता घटना हुन नदिन भारतीय पक्ष सचेत हुनुपर्ने कुरा पनि नेपालले उठाएको छ। 

यसअघि सोमबार गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादतीबारेको स्थलतगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दिएको थियो। त्यही प्रतिवेदन प्राप्त भएपछि परराष्ट्रले भारतलाई कूटनीतिक नोट लेखेको हो। 

दार्चुलामा तटबन्ध निर्माणको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय पक्षबाट निरन्तर ज्यादती भइरहेको छ। दुई दिनअघि मात्रै तटबन्धन निर्माणको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले ढुंगा हानेको थियो।

त्यसक्रममा बालकसहित केही नेपाली घाइते भएका थिए। नेपालीले विरोध गरेपछि भारतले महाकालीमाथिको सीमापुल पनि एकपक्षीय रुपमा बन्द गरिदिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .