ad ad

राजनीति


चोलेन्द्र फर्किने भएपछि सर्वोच्चमा फुलकोर्ट बैठक

चोलेन्द्र फर्किने भएपछि सर्वोच्चमा फुलकोर्ट बैठक

फाइल तस्बिर


नेपालखबर
मंसिर २१, २०७९ बुधबार १३:५१, काठमाडौँ

महाअभियोग निष्क्रिय भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फर्किने तयारी गरेपछि सर्वोच्च अदालतमा फुलकोर्ट बसेको छ। 

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा यो बैठक अहिले बसिरहेको छ।

जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र संसद सचिवालयले दिएसँगै यसबारे छलफल गर्न फुलकोर्ट बसेको हो। 

फुलकोर्ट यसअघि नै निर्धारित थियो। तर अहिले जारी फुलकोर्टमा चोलेन्द्र फर्किएपछिको सम्भावित घटनाक्रमबारे छलफल भइरहेको छ।

सर्वोच्चले पूर्वन्यायाधीश​ प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बोलाएको थियो। त्यहीकारण बुधबार कुनै मुद्दाको सुनुवाइ हुने छैन। 

महाभियोग निष्क्रिय भएको पत्र संसद् सचिवालयले दिएपछि बुधबार दिउँसो ३ बजे सर्वोच्च फर्किने तयारीमा छन्। बिहीबार सार्वजनिक बिदा भएकाले उनी बालुवाटार निवासबाट हाजिर हुन सर्वोच्च जाने तयारी छ।

जबराले मंगलबार संसद सचिवालयका महासचिव भरतराज गौतमलाई सम्बोधन गरेर महाअभियो निष्क्रिय भएको पत्र माग्दै निवेदन दिएका थिए।

जसलाई संसद सचिलालयले अघिल्लो कार्यकालको संसदले नटुंग्याएकाले निष्प्रभावी भएको भनेर जानकारीसहितको जवाफ दिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .