दार्चुलामा सीमानदी महाकाली अतिक्रमण र नेपालीमाथिको भारतीय ज्यादतीविरुद्ध बुधबार काठमाडौंमा प्रदर्शन भएको छ।
अखिल क्रान्तिकारीसम्वद्ध विद्यार्थीहरुले लैनचौरस्थित भारतीय राजदूतावास क्षेत्रमा प्रदर्शन गरेका हुन्।
कालो ब्यानरसहित भारतविरुद्ध लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन्।
भारतले उत्तारखण्डतर्फ तटबन्ध बनाउँदै महाकाली नदी नेपालतिर धकेलिरहेको छ। त्यसको विरोधमा उत्रिएका नेपालीमाथि त्यहाँ भारतीयहरुले आक्रमण गरिरहेका छन्।
21
Shares
प्रतिक्रिया