माओवादीको आधार इलाका मानिने रोल्पाबाट ३३ वर्षीया ईश्वरी जीएम एमालेका तर्फबाट समानुपातिक सांसद भएकी छन्।
नेकपा (एमाले)की केन्द्रीय सदस्यसमेत रहेकी उनी सबैभन्दा कान्छी केन्द्रीय सदस्य र रोल्पा जिल्ला सह-ईन्चार्ज पनि हुन्।
एमाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नयाँ पुस्ताबाट उनी संसद प्रवेश गर्दैछिन्। जीएमलाई आदिवासी जनजाति महिला कोटाको चौथौ नम्बरमा राखिएको थियो।
०४६ साल फागुनमा रोल्पाको नुवागाउँमा जन्मिएकी उनी माओवादी जनयुद्ध उत्कर्षमा रहेकै समयमा ०६२ देखि अनेरास्ववियु र एमालेको राजनीतिमा लागेकी थिइन्।
माओवादीले ‘आधार इलाका’ मान्दै आएको रोल्पाकी उनी एमालेको दशौँ महाधिवेशनबाट ३२ वर्षको उमेरमा केन्द्रीय सदस्य भएकी थिइन्।
तर माओवादी शान्ति प्रक्रिया आएसँगै उनी विद्यार्थी राजनीतिबाट समय पत्रकारितामा लागेकी थिइन्।
उनी प्रेस चौतारी रोल्पा शाखाकी अध्यक्ष, नेपाल पत्रकार महासंघ रोल्पाकी सचिव पनि भइन्र। उनले एमालेको राजनीतिमा लागेसँगै पत्रकारितालाई विश्राम दिएकी थिइन्।
उनी एमाले जिल्ला कमिटी रोल्पाको दुई कार्यकाल सदस्य भइसकेकी छन्। उनले लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य भएर पनि एमालेमा आफूलाई स्थापित गरिन्।
Shares
प्रतिक्रिया