ad ad

राजनीति


देउवालाई एमाले नेताको प्रश्न : आफ्नै विगतले गिज्याउँदैन?

देउवालाई एमाले नेताको प्रश्न : आफ्नै विगतले गिज्याउँदैन?

फाइल तस्बिर


नेपालखबर
मंसिर २७, २०७९ मंगलबार ११:५५, काठमाडौँ

नेकपा एमालेका पूर्वप्रमुख सचेतक विशाल भट्टराईले गम्भीर अपराधमा संलग्न रेशम चौधरीलाई छुटाउन विवादित अध्यादेश ल्याएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाको तीखो आलोचना गरेका छन्।

भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका समयमा संवैधानिक परिषद् सदस्य रहेका देउवा अनुपस्थित हुँदा सरकारले बाध्य भएर अध्यादेश ल्याएको विरोध पनि स्मरण गराएका छन्। 

उनले ताजा जनादेश आइसकेको अवस्थामा  अपराधीलाई जेलमुक्त गरेर सत्ताको जोडघटाउ गर्दा ओली नेतृत्वको सरकारको विरोधमा निकालेको वक्तव्यले गिज्याउने भन्दे कटाक्ष गरेका छन्।

'एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा  प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले उनै शेरबहादुर देउवाको अनुपस्थितिका कारण सम्बैधानिक परिषदको बैठक बस्न नसकेर धेरै संवैधानिक पदहरु रिक्त भएकोले बाटो फुकाउन संसद बैठक नबसेको  बेलामा अध्यादेश जारी  गर्दा यस्तो बक्तव्य जारी गर्ने  सम्माननीय  प्रधानमन्त्री शेरबहादुर देउवाज्यु!', उनले भनेका छन्, 'ताजा जनादेश प्राप्त सम्सद आइसकेको यो बेलामा अपराधी  जेलमुक्त गरेर सत्ताको जोडघटाउ गर्न  त्यसबेलाको तपाइको बक्तब्यले गिज्याएन? 

उनले ओली सरकारले अध्यादेश ल्याउँदा तीन हात उफ्रिने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरु पनि मौन रहेको भन्दै आलोचना गरेका छन्। 

'केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा तीन हात उफ्रेर विरोध गर्ने माधव नेपाल, पुष्पकमल दहाल लगायतका नेता अहिले किन मुकदर्शक बस्न हुनुहुन्छ?', उनले सोधेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .