मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनबाट संघीय संसदमा महिला ९१ जना निर्वाचित भएका छन्।
यो निर्वाचनमा पुरुष १ सय ८४ निर्वाचित भएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।
उनका अनुसार प्रतिनिधि सभातर्फ निर्वाचित महिला प्रतिशत प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकतर्फ गरेर ६६ दशमलव ९० प्रतिशत पुरुष निर्वाचत हुँदा ३३ दशमलब १० प्रतिशत निर्वाचित भएको प्रमुख आयुक्त थपलियाले बताए।
आयोगले बुधबार पत्रकार सम्मेलन गरेर प्रतिनिधि तर्फ २ सय ७५ र ५ सय ५० प्रदेश सभामा गरी कूल ८ सय २५ जना जनप्रतिनिधि निर्वाचित भएको पनि जनाएको छ।
54
Shares
प्रतिक्रिया