ad ad

राजनीति


एमालेलाई प्रतिपक्षमा बस्ने जनादेश हो, सरकार बनाउन हतार गर्दैनौँ : गोकर्ण विष्ट

एमालेलाई प्रतिपक्षमा बस्ने जनादेश हो, सरकार बनाउन हतार गर्दैनौँ : गोकर्ण विष्ट

नेपालखबर
पुस ३, २०७९ आइतबार १५:१३, काठमाडौँ

नेकपा (एमाले) का सचिव गोकर्ण बिष्टले आफूहरु सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताएका छन्।

आइतवार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै सचिव बिष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताएका हुन्। 

उनले आफूहरु जनमतविपरीत सरकार निर्माणको लागि अवाञ्छित र गैर संसदीय गतिविधि नगर्ने बताए।

एमालेलाई सरकार गठनका लागि बाध्यता आइपरेमा पछाडि नहट्ने पनि उनले बताए। 

सचिव बिष्टले विगतमा सरकार बनाउने नाममा गैरसंसदीय गतिविधि हुने गरेको भन्दै एमालेले जनचाहविरुद्धका काम नगर्ने बताए। 

सरकार बनाउन एमालेललाई हतार नभएको उनले बताए। 

‘हामी प्रतिपक्षमा बस्नका लागि जनताले स्थान प्रदान गर्नुभएको छ । हामी सरकार निर्माणको लागि अवाञ्छित गतिविधि गर्ने गैर संसदीय, गैरलोकतान्त्रिक, अवाञ्छित, अशोभनिय काम गरेर सरकार निर्माण गर्ने प्रयत्नमा अल्झिदैनौँ', उनले भने, 'चाहे एमाले सरकारमा रहँदा होस्। चाहे प्रतिपक्षमा रहँदा होस् लोकतन्त्र, संसदीय अभ्यास, जनताका अपेक्षालाई सम्मान गर्ने गरीलोकतन्त्रको मर्यादा र गरिमालाई माथि उठाउने गरी नै हामीले भुमिका निर्वाह गर्छौँ।'

यदि आवश्यकता महशुस भयो भने, जिम्मेवारी लिने बाध्यता भयो भने एमाले जुनसुकै जिम्मेवारीसहित अगाडि बढ्न
पछि नपर्ने उनले बताए। 

'तर सरकार बनाउने नाममा विगतमा कतिपय अवाञ्छित गतिविधिहरु, गैरसंसदीय गतिविधिहरु जनताका रुची, आस्था, चाहानाविरुद्धका कामहरु हुने गर्दथे। त्यो बाटोमा एमाले हिँड्दैन। हामी सरकारमा वा प्रतिपक्षमा रहँदा राष्ट्र र जनताको हितलाई शिरमा राख्छौँ', उनले भने, 'संसदीय र लोकतान्त्रिक अभ्यासका कमजोरी र समस्या सुधार्नेगरी, अझ जनतालाई लोकतन्त्रप्रति भरोषा जगाउने गरी, लोकतान्त्रिक व्यवस्थालाई जनताप्रति जवाफदेही र जिम्मेवार बनाउने गरी हाम्रा भूमिका केन्द्रित हुनेछन्। यसकारण सरकार निर्माणमा हतारो छैन। हामीलाई त्यसो गर्नु छैन।’

उनले एमालेलाई कमजोर बनाउन गत निर्वाचनमा वामपन्थीहरुले दक्षिणपन्थी शक्तिसँग गठबन्धन गरेका बताए।

उनले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चामा वैचारिक विचलन देखिएको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .