ad ad

राजनीति


संसदीय दलमा गगनको उम्मेदवारी : प्रस्तावक शेखर, समर्थक धनराज र विश्वप्रकाश

संसदीय दलमा गगनको उम्मेदवारी : प्रस्तावक शेखर, समर्थक धनराज र विश्वप्रकाश

संस्थापन इतर समूहको भेलामा गगन थापा। तस्बिर : नेपालखबर


नेपालखबर
पुस ५, २०७९ मंगलबार १३:५९, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता तयारी गरेका छन्। 

संस्थापन इतर समूहबाट उनले सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका हुन्। 

होटल बसेरामा बसेको संस्थापन इतरको बैठकमा गगनको उम्मेदवारीका लागि डा. शेखर कोइराला प्रस्तावक बसेका छन्। 

त्यस्तै यही समूहका अर्का नेता एवम् उपसभापति धनराज गुरुङ गगनको उम्मेदवारीमा समर्थक बसेका छन्। 

गगनलाई साथ दिँदै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थकका रुपमा हस्ताक्षर गरेका छन्। 

विश्वप्रकाशको पनि साथ पाइसकेपछि गगनले अहिले सिंहदरबास्थित संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउँदैछन्। 

गगनको समर्थक बसेका विश्वप्रकाश पनि होटल बसेर पुगेर सम्बोधन गरेका छन्। 

विश्वप्रकाश कांग्रेसको चौधौँ महाधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उठेका थिए। 

प्रकाशमानले अहिले सभापति देउवालाई साथ दिएका छन् भने विश्वप्रकाश गगनको पक्षमा उभिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .