नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनलाई रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि उपचारार्थ मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।
उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ।
संक्रमण फैलिन सक्ने जोखिमलाई ख्याल गरेर चिकित्सकको सुझावअनुसार अस्पतालमा भेटघाट बन्द गरिएको उनको निजी सचिवालयले जनाएको छ।
यसअघि उनले थापाथलीस्थित नर्भिक अस्पताल पुगेर स्वास्थ्य परीक्षण गरेका थिए।
294
Shares
प्रतिक्रिया