ad ad

राजनीति


गठबन्धनबाट आलोपालो प्रधानमन्त्री नमान्ने गगनको संकेत

गठबन्धनबाट आलोपालो प्रधानमन्त्री नमान्ने गगनको संकेत

कांग्रेस महामन्त्री गगन थापा। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ६, २०७९ बुधबार १२:६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनका नाममा गरिने आलोपालो प्रधानमन्त्री नमान्ने संकेत गरेका छन्। 

कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री थापाले सत्ता गठबन्धनप्रति आक्रमक हुने संकेत गरेका हुन्। 

'सरकारको आलोपालो र राष्ट्रपतिको कुरा गर्दा भएका निर्णयमा यदि समझदारी हुन्छ र त्यो संस्थागत रूपमा भएको छ भने त्यसमा कांग्रेस बाँधिन्छ। तर बन्द कोठामा केही नेता बसेर गरियो भने त्यस्तो निर्णय कांग्रेसले बोक्दैन। त्यसैले पछि गएर कसैले पनि धोका भयो भन्न पाइँदैन,' थापाले भने।

कांग्रेस संसदको ठूलो पार्टी भएकाले अब सरकार बनाउने काम पनि अघि बढ्ने उनले बताए। 'ठूलो दलको हैसियतामा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउने कुरा हुन्छ। कांग्रेस संसदीय दलको नेताले नै गर्ने हो, कांग्रेसले गर्ने सबै निर्णय सरकारको आलोपालो र राष्ट्रपतिबारे हुने निर्णय कमिटीमा छलफल भएन भने त्यो व्यक्तिगत हुनेछ। यदि कुनै समझदारी गर्छ भने कांग्रेसमा संस्थागत निर्णय हुन्छ ठीक छ। तर नेताहरु मात्रै बसेर गर्छन् भने त्यो नेपाली कांग्रेसले बोक्दैन। दलको नेताले दलभित्र र कमिटीमा छलफल गराउनुपर्छ।'

उनले कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री र आलोपालो प्रणालीलाई कसरी हेर्छ भन्ने कुरा कमिटीमा छलफल गर्नुपर्ने बताए। 

'अब म महामन्त्रीको यो जिम्मेवारी पूरा गर्छु। परिणामलाई स्वभाविक रुपमा लिनुपर्छ। दलको नेता भएकोमा देउवालाई बधाई र शुभकामना छ। सांसदको र महामन्त्रीको जिम्मेवारी निर्वाह गर्छु', उनले भने, 'यो पटक निर्वाचित भएर प्राप्त गरेको जिम्मेवारी अघिल्लो पटक भन्दा फरक र उन्नत होस्।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .