नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धन लक्ष्यविहीन भएको भन्दै वामपन्थीहरु एक ठाउँमा उभिनपर्ने बताएका छन्। शुक्रबार सुर्खेतमा आयोजित पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै पोखरेलले अहिलेको गठबन्धन जनताका लागि नबनेको बताए।
‘अहिलेको गठबन्धन लक्ष्यविहीन छ,’ पोखरेलले भने,‘वामपन्थीहरु एक ठाउँमा उभिनुपर्छ, यो गठबन्धनको जनताका लागि बनेको होइन।’
उनले अहिले मुल्यको सामाजिनक मान्यता स्खतिल भइसकेको टिप्पणी गरे। ‘मुल्यको सामाजिक मान्यता स्खलित भईसकेको छ। आदर गर्नु पर्नेलाई आदर गर्नु पन्ने कुरा पत्रकाले भुलिसके,’ उनले भने, ‘आम नागरिक जसरि सम्मान गरेका छौँ। राष्ट्र पति, प्रधानमन्त्री, सभामुख लगायतमा व्यक्तिलाई पनि त्यसैरनि सम्मान गरेका छौँ।’
साथै, उनले अहिलेको पत्रकारिता फोहोरि रुपमा अघि बढेको बताए। ‘समाज अन्य विरुद्धमा बोल्ने सक्ने। तर, आफ्नो समस्या विरुद्धमा बोल्न सक्दैनौं।’ पोखरेलले भने।
प्रमुख दलहरुले जनादेश गुमाएको भन्दै त्यसैको कारण अहिले नयाँ शक्तिहरु उत्पादन भएको उनको भनाई छ।
Shares
प्रतिक्रिया